शेयर बजारमा सामान्य अंकको वृद्धि

94

बैशाख ४,
काठमाडौँ -साताको अन्तिम चौथो दिन नेप्से ४ दशमलव ९९ अङ्कले बढेर १२१७ दशमलव ०४ अङ्कमा बन्द भएको छ । ८२ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, होटल, डेभलपमेन्ट बैंक र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै एनएमबी बैंकको ७ करोड २६ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सिभिल लघुवित्तको सेयरमा ५ दशमलव ७५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ४ दशमलव ०८ प्रतिशतले घट्न पुग्यो ।