धरानमा बस दुर्घटना : चालकसहित ४ को मृत्यु

162

चैत २५
धरान -सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा चालकसहित जनाको मृत्यु भएको छ। भोजपुरबाट धरानका लागि छुटेको ना ६ ख २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा चालक, एक बालिकासहित चार जनाको छन्। उनीहरूको सनाखत हुन सकेको छैन। दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।