आलुले बनेको दुनियाकै अनौठो आलु होटेल

247

एजेन्सी। वैशाख १६,
काठमाडौ । आलु सर्वसुलभ तथा परिकारका लागि सजिलो चिज । सबैलाई मन पर्छन् आलुका परिकार । त्यसैले यसलाई तरकारीको राजा पनि भनिन्छ ।
यो दुनियामा आलुले बनेको एउटा यस्तो ठाउँ छ, जहाँ जानका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् । के तपाईंले कहिल्यै आलुको गेडाभित्र रात बिताउन पाइने लग्जरी होटेलको बारेमा सुन्नुभएको छ ?

अमेरिकाको इदाहोमा एउटा यस्तो लग्जरी होटेल छ, जुन आलुको गेडामा बनेको छ । उक्त आलुको तौल ६ टन रहेको छ । उक्त आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्दछ । यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ । यो आलु होटेलमा एक पटकमा दुई जना पाहुना बस्न सक्दछन् । यसको इन्टेरियर डिजाइन निकै सुन्दर छ । मानिसहरुलाई खाने र बस्ने यहाँ गज्जबको सुविधा छ । साथै यसभित्र सानो बाथरुम र भान्सा पनि छ भने एयर कन्डिसनर पनि रहेको छ