लगानी सम्मेलनमा चाइना रेलवे देखि माईक्रोसफ्ट कम्पनी सम्मका प्रतिनिधि सहभागि हुने

142

चैत १३,
काठमाडौं -चैत १५ र १६ गते हुन गईरहेको लगानी सम्मेलनमा ४० देशबाट ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागिता हुने भएक छनु । सरकारले राजधानीमा हुने उक्त सम्मेलनको सबै तयारी पुरा गरिसकेको जनाएको छ।

लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गार्नुहअुने छ । त्यस सम्मेलनमा लगानी वोर्डले कृषि, जलविद्युत, उद्योग पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्वन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरेर ७७ वटा परियोजना प्रस्तुत गर्ने छ। सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्रमा हस्ताक्षरको तयारी गरिएको छ।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्वन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूति सम्वन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तराष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्वन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्वन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डावर, यूनिलिभर लगायतका कम्पनीका प्रतिनिधि सहभागि हुने छन्।

सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्वन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण हुनेछ। जसमा नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्वन्धी अनुभव सहित सातवटा विषयमा सत्र सञ्चालन हुने छन्। सम्मेनलको अन्तिम दिन दुइवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु सञ्चालन हुने छन्।

सम्मेलनलाई लक्षित गरेर सरकारले सार्वजनिक निजी साझेदारी तथा लगनी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन समेत गरेको छ।