Sunday, September 27, 2026
Home राजनीति वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको सूचीकरण गर्न आग्रह

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको सूचीकरण गर्न आग्रह

111

चैत १३,
काठमाडौँ -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण संस्थालाई सूचीकरणका लागि आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थालाई १० दिनभित्र मन्त्रालयमा सूचीकरण गराउन आग्रह गरेको हो ।

वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ ९क० तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम सूचीकरण हुन इच्छुक संस्थाले मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका निवेदन दिनुपर्ने छ । सरकारले तोकेको मापदण्ड पूरा गरेका सूचीकृत स्वास्थ्य संस्थाले मात्र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।-रासस