अमेरिकी प्रतिबन्धको केही प्रभाव पर्दैन

70

साउन १८, एजेन्सी । टर्कीका विदेश मन्त्री मुभ्लेट क्याभुसोग्लु शुक्रबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग भेट गरी हाल अमेरिकाले लगाएको प्रतिबन्धले टर्कीलाई कुनै प्रभाव नपर्ने बताउनुभएको छ । अमेरिकी एकजना पादरीलाई आतङ्कवादको अभियोगमा टर्कीले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । चेतावनीयुक्त भाषा र प्रतिबन्धले कुनै परिणाम ननिस्कने उहाँले बताउनुभएको छ । अमेरिकी विदेश मन्त्री पोम्पेओ र क्याभुसोग्लुबीच भएको छलफलपछि सिङ्गापुरस्थित एक टेलिभिजनलाई दिएको अन्तर्वातामा उहाँले सो कुरा बताउनुभएको छ ।
अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई दुई वर्षदेखि कारागारमा राखिएको र गत हप्तादेखि उहाँलाई आफ्नै निवासमा नजरबन्द गरिएको छ । यसबाट पादरीलाई मुक्त गरिन्छ भनेर पर्खेका अमेरिकी अधिकारीहरु निराश भएका थिए ।
ब्रन्सनमाथि टर्कीले मुख्यतः दुईवटा अभियोग लगाएको छः सन् २०१६ को जुलाईमा टर्कीको असफल सैन्य कू मा अमेरिकामा बसोवास गरिआएका मुस्लिम धार्मिक गुरु फेतुल्लाह गुलेन र कुर्दिस्तान वर्कर पार्टी ९पिकेके०लाई ब्रन्सनले सहयोग गरेका छन्