Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय ममाथि फेरि पनि घातक हमला हुनसक्छ: इमरान खान

ममाथि फेरि पनि घातक हमला हुनसक्छ: इमरान खान

120

काठमाडाैं  ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तर्वार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन्।केही दिनअघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी ‍पिटीआईको र्‍यालीकाे क्रममा एक व्यक्तिले उनीमाथि घातक हमला गरेपछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो।

यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो। सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु पनि भएको थियो।इमरान खान र उनको पार्टीले पाकिस्तानका वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र पाकिस्तानी सेनाका वर्तमान जनरललाई यस हमलाको जिम्मेवार ठहर गरेका छन्।यस विषयमा फ्रान्स-२४ सँग कुरा गर्दै इमरान खानले आफ्नो ज्यान खतरामा रहेको बताए।

इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ। मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ। यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ। त्यसैले तिनीहरू मलाई समाप्त गर्न चाहन्थे।’‘यो खतरा कायमै छ किनभने यी मानिसहरूले मलाई हटाउन चाहेको कारण मेरो पार्टी अहिले पाकिस्तानमा सबैभन्दा लोकप्रिय पार्टी भएकाले हाे। हामीले ७५ प्रतिशत उपनिर्वाचन जितेका छौँ’, उनले थपे। अहिले पाकिस्तानमा शासन गरिरहेका यी अपराधीहरूलाई जनताले मन नपराउने र पिटिआईकाे लाेकप्रियता बढेकाे खानकाे भनाइ छ।