काठमाडौंमा अझै ६ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

284

असार २२,
काठमाडौं । यो वर्ष जारी विद्यार्थी भर्ना अभियानपछि काठमाडौंमा अझै ६ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको रहेको छ । संविधानअनुसार विद्यालय सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहतमा रहे पनि जनप्रतिनिधिले चासो नलिँदा भर्ना अभियान प्रभावकारी बन्न नसकेको समेत बताइएको छ ।काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका छन् । महानगरमा ३२ र अन्य नगरपालिकाम गरी १ सय ६ वडा छन् । काठमाडौंमा २ सय ८२ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चालू शैक्षिक सत्रमा ८४ हजार विद्यार्थी भर्ना भएका छन् ।