कामै नगरी तलब बुझ्ने गरेका छन्

106

असार २२,
काठमाडौं । काठमाडौंको सानो खोकनास्थित कुष्ठरोग चिकित्सालयका चिकित्सकहरुले कामै नगरी तलब बुझ्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको चिकित्सालयमा चिकित्सकहरु दैनिक आउँदैनन् । चिकित्सालयमा ०५० सम्म सरकारी दरबन्दीका डाक्टर, नर्स, मुखिया, खरदार, कार्यालय सहयोगी र रासनपानी दिने जनशक्ति थियो । अहिले यो चिकित्सालय गौशालास्थित सेवा केन्द्र कुष्ठरोग निवारण संस्थाले रेखदेख गर्दै आइरहेको छ । गौशालाबाट साताको सोमबार र बिहीबार मात्र बिरामीलाई जँचिने गरिएको छ । तर, सेवा गरेबापत भन्दै मासिक लब बुझ्ने गरिएको छ ।