अन्य पाँच प्रदेशको हुन सक्छन् यी नामाकरण

213

असार २३,
काठमाडौं । संसदमा मतदान पक्रियाबाट प्रदेश नम्बर–४ को नाम ‘गन्डकी’ प्रदेश राखिएको छ । राजधानी पोखरा हुने भएको छ । प्रदेशसभामा भएको मतदानबाट गन्डकी प्रदेशसम्बन्धी प्रःताव अत्यधिकत बहुमतले पारित भएको छ । ५९ सदस्यीय प्रदेशसभामा सो प्रस्तावको पक्षमा ५४ मत परेको थियो भने विपक्षमा नयाँ शक्ति पार्टीको दुईमतमात्रै परेको थियो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे । केही समय अगाडी ६ नम्बर प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत भइसेको छ । अब बाकीँ ५ प्र्रदेशमध्ये १ नम्बरको नाम सगरमाथा, मेची वा कोशी, २ नम्बर प्रदेशको जनकपुर, मिथिला, ३ नम्बरको बाग्मती, नारायणी, नेपाल मण्डल ५ नम्बर प्रदेशको लुम्बिनी, राप्ती र ७ नम्बरको महाकाली, सेती अन्य केही हुने सम्भावना रहेको छ ।