भक्तपुरमा प्रहरीले १७ वर्षे युवाको झोला खोल्दा…

153

असार १६,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले चेकजाँच गर्ने क्रममा लागुऔषध (गाँजा) सहित ४ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार चेकजाँच गर्ने क्रममा चागुँनारायण नगरपालिका वडा नम्बर ६ तेलकोटकोमा नगरकोटबाट भक्तपुर आउँदै गरेको बा. ६५ प ७१२ नम्बरको स्कुटरमा सवार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ९ ठुलेपोखरी स्थायीघर भई हाल काठमाडौ महानगरपालिका बुद्धनगर बस्ने १७ वर्षका प्रशान्त सुबेदी रहेका छन् ।

सोही स्कुटर सवार झापा अर्जुन धारा नगरपालिका वडा नं. ११ माण्डुक्के खड्कालाई समेत पक्राउ गरेको छ ।
सुबेदीले बोकेको खरानी कालो रंगको झोलाभित्र बिभिन्न रंगको प्लाष्टिोकमा १७ (सत्र) पोका पारेको जम्मा ४ सय १० ग्राम लागूऔषध गाँजा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी रेबति रमण पोखरेलले जानकारी दिएका छन् ।
प्रहरीले नगरकोटबाट भक्तपुर तर्फ आईरहेको बा. ९१ प १४१६ नम्बरको मोटरसाईकलको पछाडी सवार रहेका व्यक्तिले झोलाभित्र प्लाष्टिकमा पोका पारी राखेको अवस्थामा जम्मा तीन सय ग्राम लागूऔषध गाँजा फेला पारेको छ ।

उक्त मोटरसाइकलमा सवार मोरङ रंगेली नपा. वडा नं. ८ स्थायी घर भई हाल जिल्ला काठमाडौ महानगरपालिका पुरानो बानेश्वरमा बस्ने वर्ष २१ को दिपिन श्रेष्ठ पक्राउ गरेको हो । सोही मोटरसाइकलमा सवार भक्तपुर चाँगुनारायण नगरपालिका ९ का १९ वर्षका मनिष केसीलाई पक्राउ गरेको डिएसी पोखरेलले जानकारी दिएका छन् ।