सडक विस्तार पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग

211

फागुन १२,
काठमाडौँ । सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज विहान विरोध प्रदर्शन गरेका छन् । परापूर्वकालदेखि बस्दै आएका स्थानीयवासीलाई बिनासूचना घर भत्काउने कार्य भइरहेकाले समितिले विरोध प्रदर्शन गरेको हो । समितिका संयोजक सुमन सायमीले पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर मात्र सडक विस्तारको कार्य अगाडि बडाउन सरकारलाई निर्देशन दिएको भए पनि काठमाडौँ उपत्यकाका विभिन्न २२ स्थानमा क्षतिपूर्ति उपलब्ध नगराईकन सडक विस्तार भइरहेकाले त्यसलाई रोक्न माग गरेका छन् । त्रिपुरेश्वर, कालीमाटी, कलकी क्षेत्रमा अहिले डोजर आतंक भइरहेकाले स्थानीय जनतासँग समझदारीमा सडक विस्तार गर्नुपर्ने उनीहरुको माग छ ।