भक्तपुरमा १४ वर्षे बालक र २५ वर्षे युवाले गरे आत्महत्या, सुडालमा भेटियो कार्कीको शव

304

असार १६,
भक्तपुर । भक्तपुरमा बितेको २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । जसमा दुई जनाले आत्महत्या र एक जनाको रहस्यमय अवस्थामा शव फेला परेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय राज चाकातु आत्महत्या गरेका हुन् । आफ्नै घरमा मुसा मार्ने बिषादी सेवन गरी अशक्त भएका राजलाई उपचारको लागी निजको आमा शर्मिला चाकातुले तत्काल भक्तपुर अस्पताल लगेकी थिइन् ।

उनको त्यहाँ उपचारका हुन नसकेपछि नागरिक अस्पताल गठ्ठाघर लगिएको र शुक्रबार राती करिब १२ बजेतिर मृत्यु भएको परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेबति रमण पोखरेलले बताएका छन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरि मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लोकन्थली मनहरा सुकुम्बासी बस्तीका एकजना युवाले आत्महत्या गरेका छन् । सोही स्थानको ब्लक नं. १ स्थित बस्ने बर्ष २५ का सुरज दियाली आफ्नै घरको कोठामा बासको दलिनमा नाईलनको डोरी घाटीमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा एकजनाको शव फेला परेको हो । उक्त नगरपालिकाको जितपुर टावर स्थित दिनेश खड्काको घर डेरा गरी बस्ने राजेन्द्र चौधरीको कोठामा ३६ का उमेश कार्की मृत्त अवस्थामा भेटिएका छन् ।
प्रहरीले घटना स्थलमा आवश्यक अनुसन्धान गरी मृतक उमेश कार्कीको हत्या भएको हुन सक्ने आशंकामा घटनामा संलग्न रहेका ब्यक्तिहरुको खोजि गरिएको प्रवक्ता प्रनाउ पोखरलले बताएका छन् ।