मौसम पूर्वानुमान महाशाखा भन्छः भारी वर्षा हुन्छ, सतर्क हुनुहोस्

546

असार १७,
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि ३ दिनसम्म भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ । आइतबार पत्रकारसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद बिभूति पोखरेलले पूर्वको कोशी चतरा क्षेत्रमा भारी वर्षा भैरहेको र यो वर्षा क्रमशः सबैतिर फैलदै गएको हुँदा सबैलाई सतर्क रहन आग्रह गरे ।

उनले अधिकांश नदीहरुको जल सतह समेत बढेको हुँदा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बढी सतर्क रहन पनि आग्रह गरे । यो वर्षको मनसुन पूर्णरुपमा भित्रिसकेको हुँदा पहिरोको जोखिम, नदी तटीय क्षेत्र र तराईका होचा भू–भागमा बसोबास गर्ने सबै चनाखो हुन सरकारले पनि आग्रह गरेको छ ।
भूकम्पले क्षति पुगेका पहाडी बस्तीका सर्वसाधारणलाई पनि थप सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । रातोपाटीबाट