नयाँ पत्रिका दैनिक- असार ५,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्वपूर्ण सम्झौता हुने भएको छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौैताको प्रोटोकल भने अर्को महिना टुंगिने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अधिकारीका अनुसार प्रोटोकल टुंग्याउन अर्को महिना बैठक डाक्ने सहमति भ्रमणका क्रममा हुनेछ ।
नेपाल र चीनले जारी गर्ने संयुक्त वक्तव्यमा यो विषय समावेश गर्ने तयारी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय अभावका कारण अहिले प्रोटोकल नटुंगिने बताइसकेका छन् । निजामती अस्पतालको क्षमता विस्तार गर्न चीनले नेपाललाई अनुदान उपलब्ध गराउने सम्झौता पनि गर्ने तयारी छ । केरुङ र तातोपानीमा मितिरी पुल निर्माण गर्ने तथा चीनले अनुदानमा बनाइदिने पुनर्निर्माणका परियोजनाबारे पनि छलफल हुनेछ । भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्र मन्त्रालयस्तरमा संयन्त्र गठन गर्ने एमओयुमा हस्ताक्षर हुनेछ । सो संयन्त्रले दुई देशबीच विभिन्न विषयमा हुने सम्झौताका विषयमा छलफल गर्ने र टुंगो लगाउनेछ । मन्त्रिपरिषद्ले यससम्बन्धी निर्णय गरिसकेको छ ।