कान्तिपुर दैनिक- असार ५,
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् । इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन् ।
समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।