Saturday, October 3, 2026
Home अपराध तरुण दलका नेता लिम्बु पक्राउ

तरुण दलका नेता लिम्बु पक्राउ

124

जेठ १८,
काठमाडौं । इटहरीमा तरुण दलका क्षेत्रीय सभापति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयले क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको हो। भाउजुलाई ज्यानमार्ने धम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घरायसी विवादमा उनले धम्की दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ। केही दिन अघि तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई पनि प्रहरीले गुण्डागर्दीको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।