सर्वनाम शिक्षालयको होस्टेलमा बालिकामाथि यौन दुर्व्यवहार, वार्डेन फरार

128

काठमाडौं : काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलमा वार्डेनले बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएको छ।अभिभावकहरूले विद्यालय घेराउ गर्न पुगेपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली विद्यालय पुगेको थियो। वार्डेन रामजी बस्नेतले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप अभिभावकहरुको छ। तर बस्नेत भने फरार भएको र खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।’अभिभावकहरु विद्यालयमा आएको खबर पाएपछि हामी पुगेर विद्यालयका प्रिन्सिपल र उहाँकी श्रीमतीलाई सोधपुछका लागि ल्याएका छौं’, ‘आरोपी वार्डेन भेटिएका छैनन्, हामी खोजी गरिरहेका छौं।’उनका अनुसार विद्यालयका प्रधानाध्यापक दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई घटनाबारे जानकारी लिन नियन्त्रणमा राखिएको छ। वार्डेन बस्नेतले तीन जना १२, १३ र १५ वर्षका बालिकामाथि दुर्व्यवहार गरेको मौखिक उजुरी आएको डिएसपी न्यौपानेले बताए। उनले भने, ‘अब लिखित उजुरी लिएर हामी अनुसन्धानको प्रक्रियामा अघि बढ्छौँ।