अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टर उडान रोक्न माग

197

नयाँ पत्रिका दैनिक- वैशाख १४,
पोखरा । अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टरको व्यावसायिक उडानले यहाँको पर्यावरण बिथोलिएको छ । हेलिकोप्टर उडानबाट निस्केको ध्वनि र भाइब्रेसनले जनावार र जीवजन्तुलाई समेत असर पारेको अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिम गुरुङले बताए । पर्यटकले पदयात्रा ९टिम्स० र प्रवेशाज्ञा शुल्कसमेत नतिरी सीधै ग्रामीण भेगमा जाँदा ठूलो मात्रामा राजस्वसमेत गुमेको उनको भनाइ छ । ‘एउटै हेलिकोप्टर दिनमै ५(७ पटक आउजाउ गर्छ,’ उनले भने, ‘हेलिकोप्टरको आवाजले गर्दा वनमा जनावरसमेत देखिन छाडेका छन् ।’ अनपूर्ण संरक्षण क्षेत्रमा पाइने हिमचितुवा, भालु, घोरल र कस्तूरीलगायत वन्यजन्तु अहिले देखिन छाडेको उनले बताए । उद्धार र अपत्कालीन उडानबाहेक अब अन्य उडान गर्न नदिने उनले बताए ।

व्यावसायिक उडान गर्न हुन्न स् वडाध्यक्ष गुरुङ
अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिम गुरुङले पर्यटकीय महत्वका क्षेत्रमा ध्वनि प्रदूषण रोक्न, वन्यजन्तुको संरक्षण र पर्यावरण संरक्षणका लागि पनि यस्ता उडान गर्न नहुने बताए । स्थानीयले व्यावसायिक उडान गर्न नदिन निवेदन नै दिएकाले अब त्यसतर्फ ध्यान दिने बताए । ‘पदयात्री, वन्यजन्तु संरक्षणविद् र स्थानीय सबैले गुनासो गरेका छन् । हेलिकोप्टरको व्यावसायिक उडान रोक्न गाउँपालिकामा प्रस्ताव पनि लगेको छ,’ उनले भने ।

‘शुल्क मात्र हेरेर हुँदैन’
टान पश्चिमाञ्चलका पूर्वअध्यक्ष वसन्तराज दवाडीका अनुसार अन्नपूर्ण बेस क्याम्पमा अवतरण गर्ने हेलिकोप्टरले अवतरण गर्दा तिर्नुपर्ने शुल्क पनि तिर्दैनन् । टिम्स र प्रवेशाज्ञा शुल्क पनि तिर्दैनन् । यसबाट करोडौँको राजस्व गुमेको उनको भनाइ छ । यसभन्दा पनि ठूलो क्षति यस क्षेत्रको पर्यावरणमा पुगिरहेको दवाडीले बताए । ‘राजस्व कति उठ्यो या गुम्यो भन्दा पनि पर्यावरणमा भएको खलबलबाट उत्पन्न हुने दुष्परिणाम के होला भन्ने महत्वपूर्ण विषय हो,’ उनले भने, ‘राजस्व गुम्नु एउटा पाटो होला, त्योभन्दा पनि पर्यावरण जोगाउन पनि व्यावसायिक उडान रोकिनुपर्छ ।’