Wednesday, October 7, 2026
Home पत्रपत्रिका धादिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

277

नागरिक दैनिक- बैशाख १४,
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। विहीबार परेको अविरल वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुदाँ पृथ्वी राजमार्ग भएर काठमाडौं जाने तथा पूर्व–पश्चिम गुडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन्। पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रम्ुख कृष्ण सापकोटाले जानकारी दिए। ‘अहिले दुवै तर्फको बाटो अवरुद्ध छ’ सापकोटाले भने, ‘पानी परिरहेका कारण बाटो खुलाउन सकिएको छैन।’ सडक खुलाउनका लागि प्रहरी र स्थानीयले पहल गरिरहेका छन्।