Sunday, September 27, 2026
Home अटो नाडा अटोमोवाइल्स एसोसिएसनमा दाहालको नेतृत्व

नाडा अटोमोवाइल्स एसोसिएसनमा दाहालको नेतृत्व

145

चैत २८,
काठमाडौं । नाडा अटोमावाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । दाहालले ६ सय ६० मत ल्याएर विजय हासिल गरेका हुन् । उनका प्रतिस्पधी राम कडेंलले भने ६८ मत मात्रै पाए । दाहाल यसअघि नाडाका उपाध्यक्ष थिए । उनी सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक हुन् । दाहालले अब अटोमोवाइल क्षेत्रमा सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । सदस्यहरु पनि दाहाल प्यानलकै विजयी भएका छन् सदस्यहरुमा सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुप कुमार बराल, कृष्ण प्रसाद दुलाल, करण कुमार चौधरी, अभिक ज्योती, विक्रम सिंघानिया, नन्द किशोर शाही, निलमणी पाठक, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल र पंकज अग्रवाल छन्
।