Tuesday, September 29, 2026
Home उर्जा २५ देशका ऊर्जा विज्ञ काठमाडौंमा

२५ देशका ऊर्जा विज्ञ काठमाडौंमा

163

चैत १५,
काठमाडौं । नविकरणीय ऊर्जा दिवसको अवसरमा काठमाडौंमा बिहीबारदेखि ‘पाँचौ अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रविधि सम्मेलन’ सुरु भएको छ। ‘प्रत्येक घर, ऊर्जा घर’ बनाउन आह्वान गर्दै अन्तराष्ट्रिय नविकरणीय ऊर्जा प्रविधि सम्मेलन सुरु गरिएको हो। सम्मेलनको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नविकरणीय ऊर्जामा आधारित कृषि प्रणाली अवलम्बनमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउन युवा जनशक्तिलाई परिचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। मन्त्री पोखरेलले विश्वविद्यालयबाट स्नातक गरेकाहरूलाई रोजगारी दिने घोषणा गरेका छन्। उनले स्नातक गरेकाहरूलाई रोजगारी दिन सम्बन्धित विश्वविद्यालयहरूलाई ध्यान दिन पनि सचेत गराएका थिए। तीन दिनसम्म चल्ने सम्मेलनमा छ महादेशका ३०० भन्दा बढि ऊर्जा विज्ञहरू सहभागी भएका छन। २५ वटा भन्दा बढि देशहरू सहभागी रहेको सम्मेलनले नेपालको ऊर्जा संकट समाधान गर्न महत्वपूर्ण सुझाव दिने अपेक्षा गरिएको छ।