दुई सुन व्यवसायी महासंघ एक हुने

574

चैत ११,
काठमाडौँ । सुनचाँदीका व्यवसायीको संगठनहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकीकरण हुने भएका छन् । दुवै महासंघका अध्यक्षहरु क्रमशः मोहनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको हो । सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न एकीकरण आवश्यक रहेको भन्दै व्यवसायीहरूको माग आएपछि सोही बमोजिम प्रक्रिया अगाडि बढाइएको अध्यक्ष महर्जजनले जानकारी दिनुभयो ।
व्यवसाय विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नति, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अब दुवै महासंघ एकिकृत भएर अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।
दुवै महासंघमा १७ हजारको हाराहारीमा व्यावसायीहरु छन् । रासस