Sunday, September 27, 2026
Home कृषि किसानलाई चैते धान रोप्ने चटारो

किसानलाई चैते धान रोप्ने चटारो

839

चैत ८,
काठमाडौं । पुर्वको झापामा चैत महिनामै रोपाईको चटारो बढेको छ । साधरणतया चैतमहिनालाई खडेरीको महिना हो । यस समयमा अधिकांस ठाउँमा पानीको हाहाकार हुन्छ तर, झापाका अधिकांश खेतमा भने यतिबेला असार साउनको झल्को दिईरहेको दृश्य देख्न पाइन्छ । किनकि यस क्षेत्रका किसानलाई चैते धान रोप्ने चटारोले छोपेको छ । जिल्लाका शिवसताक्षी, गौरादह, कमल, गौरीगञ्ज लगायतका स्थानका किसानहरुलाई अहिले चैते धान रोप्ने चटारो छ। सिँचाइ सुविधा पुगेका स्थानमा चैते धान रोप्न किसानहरु व्यस्त छन्। कन्काई नहर सिँचाइ आयोजनाको नहर पुगेको शिवसताक्षी नगरपालिका–६ मा पर्ने अधिकांश किसानका खेतमा अहिले रोपाई चलिरहेको छ। कुलो वा नहरको पानी नपुग्ने ठाउँमा विद्युतीय मोटरबाट पानी तानेर सिँचाइको व्यवस्था गरिएको छ। बिहान उज्यालो नहुँदै किसानहरु खेत–खेतमा पुगिसकेका हुन्छन्। ‘यतिबेला घरमा कसैलाई भेट्न सकिँदैन,’ धान रोपाइँमा व्यस्त भेटिएकी रामकुमारी चौधरीले भनिन्, ‘पाहुना आए खेतमै भेटघाट हुन्छ ।’ कन्काई सिँचाइ आयोजनाले यस पटक सो क्षेत्रमा चैते धान रोपाइँका लागि पानी दिने सूचना गरेपछि माघ लाग्दै किसानहरूले धानको बीउ जोहो गरेका थिए। ‘अब एकरदुई दिनमै रोपाइँ सक्नुपर्छ, नभए बिउ पनि छिप्पिन्छ,’ बीउ काढ्न व्यस्त शिवसताक्षी–६ का रामलखन चौधरीले भने, ‘असारको रोपाइँ गर्ने बेलामा यो धान पनि त पाक्नु र्पयो।’ कन्काई नहरमा यस पटक पर्याप्त पानी आएपछि यस भेगका अधिकांश किसानलाई यतिबेला चैते धान रोपाइँको चटारो परेको हो। टिभि अन्नपूर्णबाट साभार