मन्त्रिपरिषद् विस्तारको समय टुंगो लाग्यो, शपथ ग्रहण ४ बजे

147

फागुन १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै सोमबार ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ। यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमाले०का अध्यक्ष ओलीले नेकपा ९माओवादी केन्द्र० र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। हाल मन्त्रिपरिषद् ३ सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए। एमालेले अर्थ तथा योजना र केन्द्रले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारीमा आपसी सहमति भइसकेको बुझिएको छ। दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन्।