‘मिस्टर भर्जिन’को ‘टुल्की’ गीत भिडियो सार्वजनिक

322

फागुन १४,
काठमाडौं । फिल्म ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। केही दिनअघि अडियो सार्वजनिक गरिएको यस गीतको आइतबार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ। भिडियोमा फिल्मका मुख्य कलाकारहरू गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रवीन्द्र झासँगै श्रद्धा प्रसाईं, स्मृति पोख्रेल र इलियन मरान्डाको अभिनय रहेको छ। ुवल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रालिुको ब्यानरमा निर्माण भएको फिल्म ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गरेका हुन्। महेश दवाडीको कथा रहेको फिल्मले केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानलाई प्रस्तुत गर्दै छ। फिल्ममा गौरव पहरी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रवीन्द्र झा, सृजना सुब्बालगायतको मुख्य भूमिका रहेको छ। खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र मनीष खत्री सहनिर्माता रहेका छन्।
https://www.youtube.com/watch?v=5AhOoHFSbu8