भक्तपुरबाट लागुऔषध सहित ६ जना पक्राउ

256
सांकेतिक तस्विर

फागुन १४,
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी सिद्धपोखरीबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ६ बस्ने बर्ष ३० का आशिष कार्की, सिन्धुपाल्चोक सागाचोक नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३० का रमेश बहादुर खत्री, सिन्धुपाल्चोककै भोटसिपा ३ बस्ने बर्ष ३९ का धन भन्ने दिपक श्रेष्ठ रहेका छन् ।
त्यसैगरि खोटाङ फेदी १ बस्ने बर्ष २२ को दौलत राई, काभ्रेपलाञ्चोक बेथानचोक गाउपालिका वडा नं. ५ बस्ने बर्ष २४ को सुमन तामाङ र भक्तपुर नगरपालिका वडा नं. ६ बस्ने बर्ष २४ को बिकेश पहरी रहेका छन् । प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट फेनिरगन २ एम एलको थान, डैजेल्याव २ एमएलको १९ थान र नोहोफिन २ एमएलको १९ थान लागुऔषध बरामद भएकोको महानगरिय प्रहरी परिसरका भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । पक्राउ परेका ब्यक्ति उपर कानुन बमोजिम प्रक्रिया अगाडी बढाई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।