Sunday, September 27, 2026
Home समाचार प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र बिजुक्छेको तस्विरमा

प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र बिजुक्छेको तस्विरमा

472

माघ ५,
भक्तपुर । भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् ।
शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा आन्दोलनकारीहरुले तीन नेताको तस्बिरमा कालोमोसो दलि आगो लगाई बिरोध जनाएका छन् ।
प्राविधिक कार्यदलले दिएको प्रतिवेदन लत्याउँदैं प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा तोकेको भन्दैं भक्तपुरका स्थानीयले बिरोध जनाउँदै आन्दोलन गरेका छन् ।
सबै पूर्वाधारका दृष्टिकोणले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने कार्यदलको प्रतिवेदन लत्याउँदै अन्य सबै जिल्लालाई अपायक पर्नेगरि मुकाम तोकेको भन्दै भक्तपुर जनताले आन्दोलन गरेका हुन् ।
आन्दोलनमा सहभागि प्रतिनिधी सभा सांसद महेश बस्नेत, प्रदेश सभा सांसद शशिजंग थापा, भक्तपुरका जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल लगायतले प्राविधिक कार्यदलले दिएको प्रतिवेदनकै आधारमा मुकाम फिर्ता गरि भक्तपुर कायम गर्न माग गरेका छन् । रातोपाटीबाट