असफल प्रेमले सडकमा पुगेका सरकारी जागिरे

139
;8sdf k'u]sf s];L sf7df8f}F, !( ;fpg -/f;;_ M k|]d;DaGw c;kmn ePkl5 dgf]/f]u nfu]/ ;8sdf k'Ubfsf] cj:yfdf %* jifL{o dgf]x/ s];L -afofF_ / p4f/kl5sf] -bfofF_ t:jL/df . ljutdf gfoj ;'Aafsf] hflu/] pxfF dgf]/f]u nfu]kl5 ljut b'O{ bzsb]lv g} sf7df8f}Fsf] xfF8LufpF ;8sdf a:g], kmf]x/ l6Kg] clg k};f dfu]/ u'hf/f ub{} cfpg'ePsf] lyof] . t:jL/ M gf/fo0f 9'ªufgf

साउन १९,
काठमाडौं \ दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन। त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो। बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो। काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा थिए। उनको एक युवतीसँग गहिरो प्रेम थियो। त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो। ‘धादिङमा सडक विभागको नायब सुब्बा भएर काम गर्नुभएको थियो, प्रेममा बिछोडिँदा मनोरोगी हुनुभयो, त्यसपछि झण्डै २५÷३० वर्षदेखि सडकमै बास भयो ’ काठमाडौँ महानगरपालिका– ५ का वडाध्यक्ष रमेश डङ्गोलले भने। हाँडीगाउँ आपसाप सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले पाँच रुपैयाँ माग्ने उनको दैनिकी थियो। बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्ने। कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने। स्थानीयका अनुसार पछिल्लो समयमा उनी बढी मदिराको लतमा थिए। विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो। वडाध्यक्ष डङ्गोल भने ‘नत सफल हुन सक्यो न परिवारमै अडेर बस्न सक्नुभयो।‘ आमा हुँदासम्म उनी केही समय घरमा पनि बस्ने गरेका थिए। आमाको शेषपछि भने अहिले उनको बास सडकमै हुने गरेको स्थानीयको भनाइ छ। एकपटक सडकमा घुम्दाघुम्दै हराएका समेत थिए रे उनी। त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो। परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डङ्गोल सम्झन्छन्। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शवको पहिचान गर्न उनी आफै गएको समेत डङ्गोलले बताए। केसीले प्रविणता प्रमाणपत्र तह पास गरेका उनको धादिङमा जागिरमा छँदै मानसिक समस्या आएको स्थानीय बताउँछन्। मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना भन्छन् ‘प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ, जीवनप्रति नैराश्यता तथा एक्लोपन हुने हुन्छ, बेलैमा सही व्यवस्थापन गर्न नसकिए मासिक समस्या पनि हुन्छ, मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ।‘ त्यस्ता व्यक्तिले आत्महत्यासमेत गर्नसक्ने उनले बताए।