अस्ट्रेलियाद्वारा विद्यार्थी भिसामा कडाई, अब नेपालीलाई सकस

23

काठमाडौं । अस्ट्रेलियन सरकारको तंथ्याक अनुसार उक्त देशमा नेपाली विद्यार्थीको संख्या ५५ हजार ३ सय रहेको छ । तेहाँ रहेको अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको ८ प्रतिशत हो । सरकारी तथ्यांकअनुसार अहिलेपनि नेपाली विद्यार्थीको संख्या चीन र भारतपछि तेस्रो रहेको छ ।

सरकारी तथ्यांकअनुसार अहिले पनि करिब ८ लाखको संख्यामा विदेशी विद्यार्थी भिसामा अध्ययनरत छन् । कोरोना महामारी पश्चात उच्चशिक्षाका लागि आउने विद्यार्थी संख्या ह्वात्तै बढेको थियो । तथ्यांक अनुसार ३५ हजारभन्दा बढी नेपाली विद्यार्थी सिड्नीमा बसोबास गरिरहेका छन् । अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई दुर्गम क्षेत्रमा जानका लागि प्रेरित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम ल्याएको भएपनि अहिलेपनि अधिकांश सहरीक्षेत्रमा नै बसोबास गरिरहेका छन् ।

धेरै देशका नागरिकहरु अस्ट्रेलियामा पर्यटकका रुपमा टुरिस्ट भिसामा आउने विद्यार्थी भिसामा बदल्न थालेको भन्दै स्थानिय सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । विगतमा नेपाल लगायतका देशबाट टुरिष्ट भिसामा अस्ट्रेलिया आउने र यहाँ आएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने प्रचलन धेरै थियो ।

गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा
आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् । अब अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टीआर)मा रहेका विदेशी नागरिकले पून विद्यार्थी भिसाको आवेदन दिन नपाउने छैनन् ।

मन्त्री ओनिलले थप नियमको घोषणा गर्दै यी दुई भिसा क्याटागोरी ९सबक्लास ६०० र ४८५० मा मा रहेकाले अस्ट्रेलियाबाट अनसोर विद्यार्थी भिसाको आवेदन दिन नपाउने बताएइन् । उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिन भने पाउनेछन् ।

अहिले अस्ट्रेलियामा आएका नयाँ विद्यार्थीलाई कोठाभाडा र जागिर पाउन अत्यन्तै समस्या मात्र भइरहेको स्थानिय संचार माध्यमहरुले समाचार प्रकाशन गर्दै आईहरको छन् । नयाँ नियमको घोषणाले चिन, भारत,ं नेपालबाट अध्ययनमा गएर उतै भष्विय बनाउने सपना देख्नेहरुलाई ठुलो असर पर्नेछ ।

हप्ताको २४ घण्टामा मात्र काम गर्न पाउनेले कलेजको शुल्क तिर्न र आफू बाँच्न समेत मुस्किल हुन थालिसकेको छ ।