भक्तपुरमा सैंजु मृत भेटिए

304

माघ ३,
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ९ मा एक जना पुरुषको शव फेला परेको छ ।
च्यामासिह – ताथली सडक खण्डसंगै रहेको ब्रम्हायणी मन्दिर नजिकै भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको शव फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुृरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् । बुधबार बिहानै मानिस लडिरहेको अवस्था भेटियो भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट सिनियर प्रहरी अधिकृत सहितको प्रहरी टोली खटी गई बुझ्दा संैजु मृत भेटिएका हुन् । प्रहरीले लाशको पोष्टमार्डमको लागि अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रवक्ता डिएसी प्रसाईले जानकारी दिएका छन् ।