Sunday, September 27, 2026
Home समाचार अस्पतालको उपचार सेवा प्रभावित

अस्पतालको उपचार सेवा प्रभावित

318

माघ २,
धनगढी । स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीले आफ्ना मागको सुनुवाइ हुनुपर्ने मागसहित काम गर्न बन्द गरेपछि सेती अञ्चल अस्पताल धनगढीको उपचार सेवा प्रभावित भएको छ । विगत चार दिनदेखि नर्सिङ कर्मचारीले आन्दोलन गरेसँगै अस्पतालको शल्यक्रिया सेवा, सघन उपचार सेवा, प्रसूति सेवालगायत सेवा प्रभावित भएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा सजन केसीले बताउनुभयो । नर्सिङ महाशाखाको स्थापना, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका नर्सको पुनःबहाली, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको न्यूनतम् ज्याला तोक्नुपर्नेलगायत माग राख्दै नर्सिङ एशोसिएसनको आह्वानमा नर्सिङ कर्मचारी आन्दोलमा उत्रिएको बताइएको छ । सात नं प्रदेश सुदूरपश्चिमका बासिन्दाको प्रमुख उपचार केन्द्रका रुपमा रहेको जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेती अञ्चल अस्पतालको उपचार सेवा प्रभावित हुँदा सहज उपचारका लागि समस्या भएको अञ्चल अस्पताल पुगेका बिरामीका आफन्तले बताएका छन् । रासस