बाबुरामको नयाँ शक्तिमा भुइचालोः बिदेशीको इशारामा निर्वाचन बहिष्कार गरेको आरोप

214

चैत १५,
भक्तपुर । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भटट्राईले बिदेशीको इशारामा स्थानिय तहको निर्वाचनको विरोध गरेको नयाँ शक्तिबाट निष्कासन गरेका नेताले यस्तो आरोप लगाएका छन् ।
उनीहरुले मधेशवादी दलहरुको लाइनमा गएर अन्तत स्थानिय तहको निर्वाचनमा संघीय समाजबादी पार्टीसँगको सहकार्य गर्ने तयारी गरेको नेताहरुको भनाई छ ।
आफहरुूले त्यसको विरोध गर्दा आफूहरुलाई पार्टीले निष्कासन गरेको समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले बताए ।
रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै बाबुरामकोे कार्यशैलीको आफूहरुले गरेको विरोधकै कारण आफूहरुलाई नयाँ शक्तिबाट निकालिएको भटट्राईको आरोप छ । उनले नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला भोलि भक्तपुरमा आयोजना गर्न लागेको बताए ।
उनले राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झन्डै एक हजार प्रतिनिधि आउने बताए ।
आगामी बैशाख ३१ गते हुन लागेको निर्वाचनमा आफूहरुले भाग लिने जानकारी समेत दिएका छन् ।
सो सम्मेलनमा नयाँ शक्ति केन्द्रिय परिषदका सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् ।