डुबेर दिदीभाइको मृत्यु

577
सांकेतिक तस्विर

चैत १५,
रुकुम । सडक खन्ने क्रममा सडकमुनि बनेको खाडलमा जम्मा भएको पानीमा डुबेर एकै घरका दिदिभाईको मृत्यु भएको छ । खाडलमा जम्मा भएको पानीमा डुबेर् विद्यालय जादैं गरेका दिदीभाइको मृत्यु भएको हो ।
डुब्दा भुम्या गाउँपालिका–७ महत बागटारेका ११ वर्षीया सपना बुढा र आठ वर्षीय जितमानको मृत्यु भएको हो ।
आज अपराह्न विद्यालय जाने क्रममा भाइ पानीमा डुबेको र उसलाई पानीबाट निकाल्न खोज्दा दिदी पनि डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु बलभद्र मावि थवाङ रोल्पामा एलकेजी र नर्सरीमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । विद्यालयमा अपराह्न परीक्षा सञ्चालन भइरहेकाले ढिला गरेर बालबालिका विद्यालयमा गएका थिए । उनीहरुसँगै विद्यालय जाँदै गरेका अन्यले दिदीभाइ पानीमा डुबेको देखेपछि स्थानीयवासीलाई खबर गरेका थिए ।