मातृभूमीको सहयोगार्थ बेलायतमा च्यारिटी डिनर कार्यक्रम सम्पन्न

523

जानू काम्बांग लिङ्ग्देन
बेलायत (केन्ट) । लिम्बुवान नागरिक समाज बेलायतले शनिबार च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रमुख्य उदेश्य नेपालका पुर्बी लिम्बुवान क्षेत्रमा दैबी प्रकोप आएमा र दुःखी बालबालिकाहरुको लागि सहयोगार्थ रहेको संस्थाले जानकारी दिएको छ । कार्यक्रम औपचारिक उद्घाटन गदैं प्रमुख अतिथि जनजाति महासंग बेलायतका अध्यक्ष तुल छन्त्यालले कार्यक्रमको उद्देश्य एकदम सर्हानिय भएको र जनजातिहरुको थाकथालो र भाषा लिपीको संरक्षण गर्नु पर्ने बताएका छन् । कार्यक्रमलाई भरपुर मनोरंजन दिलाउदै अक्सफोर्डबाट आएका दुई नानीहरु निलम लाबुंग लिम्बु र स्वस्तिका खिम्दिङ्ग लिम्बुले सुन्दर गीतमा नृत्य देखाएका थिए । नवगायक, गीतकार तथा मोडल सुरेन ताम्लिङ्गले स्टेज तताएका थिए । स्थानिय कलाकार गायक तथा संगीतकार थिर थापा, नयन लिम्बुले गीत गाएर सबैलाई नचाएको थिए । संस्कृतिक कार्यक्रम सकिएपछि अन्त्यमा संस्थाकी उपाध्यक्ष मनमाया नेम्बाङ्गको नेतृत्वमा स्थानिय दिदि बहिनीहरुले ६ प्रकारका बिभिन्न आकर्सक पुरस्कारहरु राखेर राफल ड्रह कार्यक्रम संचालन गरेका थिए ।
शनिबार साँझ ६ बजे सम्म रमाईलो गरि बितेको उक्त प्रोग्रामलाई औपचारिक रुपमा समापन गर्दै अन्त्यमा अध्यक्ष नरेन्द्र माबोहांगले कार्यक्रम अतिनै
स्मुथ ढंगले चलेको र अत्यन्तै रमाईलो भएको कुरो बताउदै यो कार्यक्रमलाई सफल बनाउन दिलो ज्यान दिएर खट्ने सबै कार्यसमितिका पदाधिकारी लगायत उपस्थित अतिथि प्रमुख अतिथि र अन्य सम्पुर्णलाई हार्दिक आभार व्यक्त गरेका छन् । कार्यक्रम संस्थाका महासचिब छत्र वनेमसंचालन गरेका औपचारिक कार्यक्रममा स्वागत मतप्य संस्थाका सचिब तथा डिनर संयोजक श्री तेम्बे लिम्बु गरेका थिए । उक्त कार्यक्रमको अन्त्यमा लिम्बुवान बरिस्ठ नेता कमल छाराहंगको निधन प्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।