​कालिकोटमा सानीमा बैकंको पहिलो पटक एटीएम सेवा

299

चैत ५,
कालिकोट । कर्णालीको पहिलो शाखाको रुपमा स्थापना भएको सानिमा बैंकले शुक्रवारदेखि कालिकोटको मान्ममा पहिलो पटक एटीएम सेवा सुरु गरेको छ । विकट जिल्लामा आर्थिक समृद्धि र बित्तीय सेवामा पहुँच बढाउन ४४ औं शाखाको रुपमा एटीएम सुविधा सुरु गरेपछि स्थानीयबासिन्दा खुशी भएका छन् । वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले फागुन ६ गते उद्घाटन गरेको बैंकमा पहिलो ग्राहक मनसराकुमारी न्यौपाने बरालले एटीएमबाट खाताको रकम झिकेर उद्घाटन गरेका छन् ।
एकसय जना ग्राहकलाई एटीएम कार्ड उपलब्ध गराएको बैंकका प्रबन्धक मनिषमान श्रेष्ठले जानकारी दिए ।
वाणिज्य बैंकको रुपमा मान्यता पाएको सानिमाले छरिएर रहेको पूँजीलाई एकीकृत गर्दै परिचालन गर्ने, आर्थिक समृद्धिका लागि विभिन्न स्किमहरु संचालन गरिरहेको छ । उज्यालोबाट