हिन्दू राष्ट्र स्थापनाका लागि अहिंसात्मक धर्मयुद्ध गर्ने

170

२५ पुस |
काठमाडौँ – विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिव सेना पार्टीलगायतले आज पत्रकार सम्मेलन गरी वौद्धिककालदेखि चल्दै आएको धर्मलाई कायम नगरे धर्मयुद्ध गर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौँदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न लगाएको भन्दै आफूहरु धर्मयुद्धको तयारीमा लागेको जानकारी दिए ।
उनले भने–“सामूहिक गौहत्या, बलात्कार, भ्रष्टाचार, तस्करीलगायत नकारात्मक कार्य हामी हेरेर बस्न सक्दैनौँ ।”
हिन्दू मोर्चा नेपालका अध्यक्ष विजय शर्माले धर्म, संस्कार, संस्कृति, नागरिक र मातृभूमिको रक्षाका लागि अहिंसात्मक धर्मयुद्ध गर्न लागेको बताए ।
उनले धर्मयुद्धमा युद्ध गर्न वा लड्नभन्दा पनि विभिन्न सभा सम्मेलन गरेर धर्मका बारेमा आमनागरिकलाई जानकारी दिने उल्लेख गरे ।