बिस्केट जात्रा भ्रम र यथार्थ अन्तर सम्बाद

367

चैत ५,
भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबु ख्वप कचाको आयोजनामा आज भक्तपुरमा बिस्केट जात्रा भ्रम र यथार्थ अन्तर सम्बाद बिषय कार्यक्रम गरेको छ । कार्यक्रममा भक्तपुरका संस्कृतिबिदहरु संग बिस्केट जात्रा सँग सम्बधित बिभिन्न किवदन्ती, शिलालेखहरु तथा बिभिन्न अध्ययन बाट बिस्केट जात्राका बिषयमा भेटिएका भ्रम र यथार्थका बिषयमा अन्तर सम्बाद गरेको हो । बिश्व सामु नेपाल चिनाउने संसारमा कही पनि नभएको भक्तपुरको (बिस्का जात्रा) बिस्केट जात्रा भव्य र सभ्य तरीकाले मनाऊ भन्दै सम्बधित निकायले बिशेष ध्यान दिनु पर्नेमा सबै वक्ताहरुले जोड दिनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय अध्यक्ष श्री कृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपत्यकाका बिभिन्न सँचार क्षेत्रका सँचारकर्मीहरुको उपस्थिति रहेको छ ।