कथा – मेरो हजुर बाबा र युद्द

648

जानु काम्बांग लिङ्ग्देन
ए माया त्यो अगेना छेउको पिराहरु सबै मकै थुपारेको ठाउमा पुर्याएर आईज…..साँझ पर्न लाग्दा बोजुले भन्नु भो, भाई र म मिलेर खस्टाले बुनेर बनाईएको अगेना ओरिपरिका गोलो गोलो पिरा सबै ओसार्न थाल्यौ l भदौको महिना गाउमा कामको चाप बढ्दो थियो l बेलुकीको खाना पछि आमा, काकी, बोजु सबै अघि हामीले ओसारेको पिरामा ओरिपरि बसेर मकै केलाउनमै व्यस्त भए l खाना पछि सदाझैं बाजे आराम गर्न आफ्नो बक्स पलंगमा पल्टीरहनु भाथ्यो, हामीलाई राम र सीताको कथा, सिब र पर्बतिको कथा सतिदेबिको कथा, त कहिले भूतप्रेतको कथा सुनाउनु हुन्थ्यो l तेस्तै फेरि कुनै नयाँ कथा सुन्ने रहरले बाजेलाई कथा सुनाउन कर गर्न थाल्यौं l लिंग्खिमबाट जेठी फुफुको छोरी फरा दिदि पनि काम सघाउन आउनु भएको थियो उहा बाजेसँग गफ गर्दै हुनुन्थ्यो l दिदीको गफले कथा सुन्नु छुट्छ भनेर फरा दिदि बोजुले मकै केलाउने ठाउमा बोलाउदै हुनुहुन्छ भनेपछि उठेर जानु भो ! ढाँटेको थाहा पाएर भाईले मलाई चिमोट्यो, आइया ..कस्सेर एक ठ्याम्म दिएँ तर सदाझैं रुएन, चुप्प लाग्यो l बाजे घुर्र घुर्र घुर्र … घुरेर सुतेको बाहानामा हामीलाई छल्न खोज्दै हुनु हुन्थ्यो l बाजे हामीलाई ढाटदै हुनु हुन्छ भन्ने कुरो मैले बुझिहाले, ( सैतानके आगे भागुवानका क्या जोर ) भने झैँ हाम्रो ढीपिको अघि बाजेको घुराई बन्द भो l
कान ठाडो पारेर कथा सुन्न बस्यौ, बाजे सधै भूतको कुरो गरेर तर्साउने हुनाले डराएर म अलि भित्तातिर घुस्रिएर बसें l बाजेले भन्नु भो, आज म तिमीहरुलाई पल्टनको कुरो सुनाउछु, मैले भने हुन्छ,हुन्छ बाजे झन् मज्जा l भाईलाई काखमा लिंदै एकपल्ट हाहाहा…….गरेर हास्नु भो | बाजे …..??? बाजे सुताए जस्तो लाग्यो मैले फेरि बोलाएँ ? ल ल सुन म भन्छु ……हाम्रा कान ठाडा ठाडा भए |
बाजेले भन्नु भो, कुरो १९३९ सेप्टेम्बर १ तारिक को हो त्यो दिन हामी सबै जंगल तालिम सकेर प्लाटुनमा आएका थियौं l त्यो बेला परिवार साथमै राख्ने चलन थियो, हाम्रो लागि छुट्टै फेमली क्याटर थिएन ! हाम्रो पल्टन बर्माको रंगुन शहरको नजिकै थियो l मेरो २ छोरी र एक जवान छोरो थियो l रातको १ बजे रोलकलमा सिटि बजाएर हामीलाई बोलाईयो, जंगी सासन हामि पनि झ्वाट्टै उठेर हाजिर भयौं l त्यहाँ पुगेपछि हाम्रो कमान्डरबाट सारा जहान परिवार नेपाल फर्काउनु पर्ने र जवान छोरा भए भर्ति लाउनु पर्ने हुकुम भयो l अब दोस्रो बिस्वयुद सुरु भयो भोलिनै हामी जापानसंग लड्न जाने छौ अहिले सबै प्लाटुनमा गई बाल्बचा हरुलाई नेपाल पठाउने तयारी गर्नु अप l सबैले हुन्छ साप ..भन्दै सलुट ठोकेर आ-आफ्नो कोठामा गई सामान मिलाउन थाले l मैले पनि मेरो लडाईमा जाने जंगली लुगा,बुट,तुम्लेट आदि इत्यादी खोजेर तयारी पोजिसनमा रहे | कोठा अन्योल ग्रस्त भयो ! तपाईं बिना नेपाल कसरि जानु भन्दै परिवारहरु रुन कराउन थाले !
दुई ना-बालक छोरीहरु आमा रुएको टुलुटुलु हेर्दै संग संगै रुन थाले, ठुली बल्ल ५ लागेकी थिई भने सानी दुधे बालक नै थियो ! रातभरि लडाईको समान तयार गर्दै नेपाल पठाउन परिवारहुनेहरु पनि तयार परियो ! ताप्लेजुंग हान्ग्देवा बस्ने एकजना साथी मेसमा खान पिनको काम गर्थ्यो, उसलाई हेडक्वाटरले सबै नेपाली फेमली नेपाल लैजाने जिम्मा दियो | मेरो पनि २ छोरी र श्रीमती जिम्मा लगाएर लडाई तिर लागेँ | मेरो ठुलो छोरो नेप्टे र उसको दमाले सबैलाई तालिमको लागि खटायो | म हिडेपछि भेट भएन कति लामो तालिम गरायो ? पछि कुन दिशातिरको लडाईमा खटायो केहि थाहा भएन |
त्यो बेला जहाज थिएन पानी जहाजहरुपनि लडाईले चलाउन दिएको थिएन दिएपनि सुरक्क्षा नहुने हुनाले हिडेरै नेपाल निस्कनु पर्ने निर्णय भयो l मान्छेको अभाबले ३४ जना फेमली लगायत नानी केटाकेटी सबैलाई एकै जनाले नेपाल पुर्याउनु पर्ने भयो l नेपाल जानेहरु बर्माबाट हिडेरै थाईलेन्डको जंगल हुँदै नेपाल निस्कने निधो भयो l मेरो परिवार ३ तिर भयौं छोरो तलिमतिर, म लडाईंतिर श्रीमती र छोरीहरु नेपालतिर, मलाइ मेरो ज्यानको भन्दा परिवारको चिन्त्ताले दुखि तुल्यायो ! मलाई लड्ने ईच्छा पटकै थिएन तर पनि पल्टनको आदेश मान्नै पर्ने बाध्यता l पुरै ३ महिना रंगुन बसेर लडे,साथी हरु कोहि कता कोहि कता छताछुल्ल भईयो को मर्यो को बाच्यो थाहै भएन l मान्छे लडाईंको मैदानमा उत्रिसकेपछि कुकुर बिरालो मरे बराबर हुन थाले !
त्यहाको लडाईं सकेपछि हामीलाई युरोप खटाईयो ! बर्माबाट गएको ५ महिनापछि हामी जर्मनसंग लड्न फ्रान्सको छेऊ बेल्जियम पुग्यौ ,त्यहाँ लड्दा लड्दै धेरै नेपालीले ज्यान गुमाए, मेरो एकजना साथीलाई मेरै छेउमा गोलि लाग्यो ! म पुरै झार पात जस्तो चलमल नगरी बसिरहे तर मेरो साथी छटपटिएको मलाई असहाय भयो l अन्त्यमा म त्यहाँ बाट हामफालेर बचाउन पुगे तर दुश्मन कहाँ थिए थाहा भएन किनकी साथीलाई गोलि लगेपछि एकछिन बाताबरण शान्त भएको थियो त्यहि बेला म बमकर बाट निस्केर त्यहाँ पुगे l एकैछिनमा अन्धाधुन्द गोलि बर्सियो साथी संगै मलाई पनि गोलि लाग्यो संग संगै आकाशबाट हवाई आक्रमण पनि सुरु भो ..मैले साथीलाई तानेर बमकर सम्म ल्याए मेरो देब्रे फिलामा गोलि लागेको थियो l
साथीको मायाले आफ्नो पीडाको ख्यालै भएन उसले आफ्नो आमाको नाम लिंदा मेरो मुटु चिरा चिरा भयो, म संगै छुट्टिएको मेरो परिवारको याद आयो धरधरी रुएँ, मेरो तातो आँशुले आँखा बन्द भयो बमकर भित्र भित्ता भित्तामा मुर्की बजार्दै रुएँ ……आमाको नाम लिंदा लिदै मेरै काखमा साथीको प्राण गयो l कथा भन्दा भन्दै बाजे निकै भाबुक हुनुभो अँध्यारोमा आँखा रसायो सायद टोपीले आँखा पुछेर फेरि भन्नु भो जा..जा.. माया अघेना बाट आगो ले …म दौडिएर अगेनामा पुगेर झ्वाट्टै आगो लिएर आएँ, आउदा मकै केलाउदै बसेको बोजुको खुट्टामा ठोक्किएर झन्डै लडेको देखेर बोजुले भन्नु भो,,,, हेर हेर यसलाई कथा सुन्न हतार भको ? बिस्तारै हिड ? तुफान दौडिएर बाजेलाई अघुल्टो दिंदै, अनि के भो बाजे ? भन्दै उत्सुकता जनाएँ भाई बाजेको काखमा निदाई सकेको रहेछ बोलेन l कानमा च्यापेर राखेको खस्टाले बेरेको सुर्ती सल्काउदै फेरि भन्न थाल्नु भो … त्यो रात त्यहि रात काटियो,मैले बोकेको टुमलेतको पानी, खाना सबै सकिएको थियो, साथिको प्राण भईन्जेल मैले याद नगरेको मेरो फिलाको चोट बल्ल दुख्न थाल्यो, म बेस्सरी छटपटटिन थालें l रात भरि छोरीहरु र स्वास्नीलाई सम्झे, छोरोलाई सम्झे राम्ररी त्रेनिंग पनि नसकी लडाईमा होमिनु पर्यो कता कुन ठाउमा बिजोक भको होला सम्झे आशुको बलिन्द्र भेल बग्न थाल्यो, बेसरी चिच्याउदै सारा सिमे भूमे, ईस्ट मित्र, घर परिवार, गाऊ घर, साथि संगीहरु सम्झे ! बाँचेर आउछु भन्ने एक झिनो आशा थिएन,
एक्लै थिएँ लासै लासको सामु गुहार माग्दै बसें ! कोहि आएन तेत्रो ठुलो जंगलमा कसले सुन्ने मेरो आवाज ? साथीको लाशलाई त्यहि छाडेर म घिसृनु थाले,मैले सानै देखि पटुकी बाँध्ने हुनाले आर्मीको लुगा लाउदा पनि भित्र जहिले नदेखिने गरि पटुकी कस्थे त्यहि पटुकी फुकालेर मेरो फिलालाई बेसरी बाधे माशुमा मात्र गोलि लागेकोले हड्डी ठिकै थियो तेसैले हिडेर म सिबिर सम्म आईपुग्न सकेँ l त्यो बेला महशुस गरे मैले मर्न कतिको गार्हो हुँदो रहेछ भन्ने कुरो ? मैले कति दुश्मनहरुलाई पनि नमारी छाडी दिएँ ! मेरो छोरो नेप्टे जस्तो लाग्थ्यो तेस्तै कलिलो दुरुस्तै उमेर,निर्दोष आखा दुश्मन के हो लडाई के हो रिस राग के हो थाहा नपाई लड्नु बाध्य थिए सबै युवाहरु l
म सिविरमा आएको २ दिन बितिसकेको थियो, रगत धेरै बगेकोले सरिर सिथिल भएको थियो म लड्न नसक्ने अबस्थामा थिए l दुनिया लडिरहेको बेला म एउटा सिपाही माथि कसले दया गर्ने, एक्लै न खानु न पिउनु ओछ्यानमा लडी रहेँ, तेस्रो दिन हिटलरको सेनाहरुसंग लड्न पर्ने भएकोले सिबिर पनि राता रात सार्नु भनि हुकुम आयो मलाई दुख शुख साथीहरुले शिबिर संगै सारे l फ्रान्सको ठिक वारि पट्टि पुगेर हामी लड्दै गयौ, उता बेल्जियम पट्टिबाट उनीहरु आउदै थिए, त्यहाँ ब्रिटिश फौज भन्दा दुश्मन पक्ष बलियो ठहरियो त्यो दिन किन कि त्यो ठाउ हिटलरकै एरिया थियो तेसैले हरेक ठाउँ संग जानकार दुश्मनले हाम्रो साथीहरु धेरै मारिदियो बिहान देखि बेलुकीको ६,७ बजेसम्म लडियो l खुट्टाको चोट निको नभई मलाई फेरी अर्को गोलि दाहिने कुममा लाग्यो l त्यो दिन देखि म पुरै असक्त भए लड्न सकिन हेर्दा हेर्दै धेरै साथीहरु गुमाई सकेको थिएँ l साथीहरुको मायाले म झन् झन् आक्रोसित हुँदै गए मेरो सरिर नढलुन्जेल लडिरहे तर मेरो तागत सकिएपछि म आफै संग पनि लड्न सकिन दुश्मनको के कुरो ?
त्यहाँ बाट फर्किएपछि हामी घाईतेहरुलाई उपचारको निमित बेलायत ल्यईयो ! मेरो छोरो नेप्टे मरेको खबर मैले बेलायतमै सुने एक कमाण्डरले धागोले बढेर सानो चिठी दियो तेस्मा मेरो छोरो लडाईमा मरेको खबर लेखिएको थियो l ऊ कुन दिशा तिर पुगेर लड्यो केहि थाहा भएन l म बेसरी रुएँ, मलाई अब फेरी निको भएर लड्ने हिम्मत पनि भएन संसार अधेरो लाग्यो अब यो संसार त रहन्न भेने म मात्र किन लड्ने यो लडाई ? मनले यसै भनिरह्यो l हस्पिटल मै बसेर म आफ्नो देश जान्छु भनि निबेदन गरेँ ! हाम्रो कमान्डर र प्लाटुनको सुबिदर मलाई हेर्न संगै आएका थिए, त्यै बेला मैले मौका छोपेर अब म लड्न सक्दिन मेरो सरिर बेकामको भो बिन्ति छ मलाई मेरो देश पठाई दिनुस भनि फेरि बिन्ति गरेँ l उनीहरुले निर्णय त दिन सकेनन् तर, हामी उता हेडक्वाटरमा बुझेर खबर गर्छौ भन्दै बाटो लागे हरेक जंगल मंगल शहर बजार लडाई नै लडाई थियो बिस्व ध्वस्त हुँदै थियो, कति आर्मीहरु घाईते अबस्थामा थिए, कति बेहिसाब मरिन्दै थिए l दया, माया र करुणा जस्ता सब्दहरु सुन्दा उखान जस्तो लाग्न थाल्यो !
मार्चको ११ तारिक मेरो सिफारिस दर्ता भएर आयो तेस्मा तँ फलाना नम्बरको धन बहादुर लिम्बु आफ्नो देश जान सक्छस भनि लेखिएको थियो म औधि खुशी हुँदै त्यो जेल जस्तो हस्पिटलबाट बिदा भएर हिडें l हामि नेपाल फर्कंदै गर्नेहरु असक्त घाईते आर्मीहरु जम्मा १४ जना थियौ, कलकता हुँदै पानी जहाजले ल्यायो l तेस्पछि ईन्दियमै १ महिना १२ दिन हस्पिटल बसेर निको भएपछि घर आए l दार्जिलिंग, बिजनबारी हुँदै पहाडको बाटोबाट घर पुगे, तर घर पुरै सामसन घाट बनिसकेको थियो l मैले सोचेको मेरो छोरी अनि स्वास्नी कोहि थिएनन् त्यहाँ !
मैले जस्तो छाडेको गाऊ घर उस्तै थियो तर, समयले मेरो सारा खुशी खोसेको थियो म रित्तो, एक्लो जस्तो जन्मिए एक्लै तेस्तै एक्लै भएँ ! फरक यति थियो मलाई जन्माउने आमा बाबा डुब्न लागेको घाम छाँया जस्तै भैसकेका थिए अनि म जन्मिदाको जस्तो नानि नभएर एक जवान लडाईंको मैदान छाडेर हिडेको आर्मी थिएँ l मेरो दुई छोरी हरु थाईलेन्ड मै बिलाई गएछन् खबर मात्र सुने बर्माबाट हिडेको केहि दिनमै बोकेको सामल सबै सकिएपछि,भोकले छोरीहरु छटपट्टिएछ्न् त्यहाँ खान लायक केहि नभेटिए पछि केहि आमाहरुले रुखबाट झरेको फल खान दिएपछि धेरै नानि र आमाहरुको मृत्यु भएछ l आफ्नो आफ्नो सन्तानको मृत्युपछि सोकाकुल आमाहरुले पनि एक एक गर्दै ज्यान गुमाउदै गएछन् l लडाईंसंग यसरी बिर गोर्खाली सिपाहीका परिवारहरुले पनि दर्दनाक दुर्घटना बेहोर्नु परेको थियो l हामी सबैको लागि एउटा कालो ग्रहण बनेर दोस्रो बिस्वयुद्द सुरु भएको थियो ४ बर्ष पछि अन्त्य हुँदा संसार रित्तो भएको थियो !
तिमि निको भयौ भने हाजिरा आउनु भनि धेरै पल्ट चिट्ठी आयो तर म पूर्ण रुपमा निको भैसकेको छुइन भन्दै बसिरहें l पछि निको भएपछी हल्का मन भुलाउने ठाउ पनि नभएकोले गुमाएको परिवारको याद बोकेर फेरि २ बर्ष ७ महिना पछि फेरी बर्मा हाजिर गएँ ! फूल जस्ता १ छोरा र २ छोरी गुमाउनुको पीडाले म बहुला जस्तो भएको थिएँ, म चाहन्थे फेरि लडाई भैइदेओस अनि म पनि तेसरी नै मर्न पाऊ जसरि मेरो परिवारको मृत्यु भो ..म मृत्यु चाहन्थे बाच्ने रहर उडिसकेको थियो l बाकि केवल छिद्र भईसकेको सरिर अनि एकमुठी साश बाकि थियो l कोठामा बस्दा आफ्नो अतितले झनै पोल्ने हुँदा मन बहलाउन बजार जाने गर्थे छुटीको बेला समय र पैसा भयो कि म डुल्न निस्कन्थे साथीहरुसंग l लाग्त्यो आ…के का लागि र कसको लागि पैसा कमाउनु ? जहिले एक्लो l एकदिन मन बहलाउन रंगुन बजार गएका थियौं केहि साथीहरुसंग त्यहाँ तेरो यो बोजु संग भेट भयो l भन्दै बोजुलाई देखाएर हास्नु भो….बोजु अँध्यारोमा मकै केलाउदै हुनु हुन्थ्यो सुन्नु भो कि भएन कुन्नि ?
पहिलो दिन खासै कुरो कानी भएन अर्को छुटिमा जाँदा हल्का बोलचाल भो ,पछि थाहा पाए उ पनि घरबाट जबर्जस्ति मन नपरेको केटासंग बिहे गरिदिएकोले भागेर त्यहाँ पुगेकी रहिछे l मेरो पनि लडाईमा संसार उजाडिएपछि मरुभूमिको काकाकुल झैँ बिना साहारा भाउतरिन्दै हिडिरहेको बेला हाम्रो भेट भएथ्यो | एकजन तेर्हथुम तिरको साथी थियो उसैको गाऊको रहेछ ! त्यै साथि मार्फत कुरोकानी अघि बढ्यो l पछि त्यहि साथीले बिहे गर्न कर गरेकोले बर्मामै बिहे गरेर बस्यौं, ६ बर्ष पछि पेन्सन पाकेर नेपाल निस्क्यौ अनि तेरो काका बाऊहरु जन्मिए फेरि २ बहिनि फुफुहरु जन्मिए , तेस्पछि बिस्तारै पहिलेको दुख पिर भुल्दै गएँ ,,,मलाई लाग्छ जीवनमा गुमाएको परिवार अनि खुशीहरु सबै फिर्ता दियो ईस्वरलाई लाख लाख धन्यवाद l लौ कथा सकियो ……सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला हाहाहा……….मनमा भाबुक हुँदै पनि हाम्रो लागि मिठो हास्नु भो बाजे !!
मेरो बाजेको यो कथा ईतिहासले बिर्से पनि म कहिले बिर्सने छुइन भन्ने अठोट लिएरनै होला आज लेख्न सफल भएको छु ! म ५,६ बर्षको हुँदा उहाको आफ्नै कथा उहाकै मुखबाट सुनेकी थिएँ ! मैले सुनेर सम्झन सके जति लेख्ने कोशिस गरेकी छु l सानैमा सुनेको कुरोलाई अति जतन गरि राख्छु भन्दा भन्दै पनि धेरै कुरो मैले छुटेको हुन सक्छ तेस्को लागि माफी चाहन्छु l यो मेरो बाजेको जिवबमा घटेको सत्य घटनामा आधारित छ ,,यो कथालाई मेरो बाजे स्वयम् ले पनि बचाएर राख्न चाहन्थ्यो सायद l नत्र यत्रो दुखदायी, पीडादायी कथा किन मरो कलिलो मनमा सार्नु हुन्थ्यो ? सरल्कै आफ्नो मनबाट उखलेर मरो मनमा किन रोप्नु हुन्थ्यो ? जुन कथाले उहालाई नै सब भन्दा धेरै पिडा दिन्थ्यो ? यत्रो दुखदायी कथा बोकेर हामीलाई जन्म दिने यो संसार चिनाउने मेरो पुर्खालाई छड्के सलाम l उहाको जस्तै सहने सक्त्ति हामीलाई पनि दिउन् भागुवानले l बाजे स्वर्गारोहण भएको ३३ बर्ष पछि उहाको यो कथालाई लेख्ने समय पाएँ, उहा जस्ता दुखि अनि नाम नलीइएका कति लडाकुहरु बिजोक र बेबत्ता थिए होलान् ? यो त पर्नेलाई र गोर्खा ईतिहास पढ्ने र थाहा पाउनेलाई थाहा होला ! मैले त बस, मन भित्र बन्द कथालाई कागजमा उतार्न मात्र खोजेकी छु l बाजे २०४३ साल मा बित्नु भो,बोजु २००६ साल तिर बित्नु भो तर उहाहरुको यो अतित मेरो मनमा जिउदै थियो जसलाई यो कथा मार्फत सुनाउन पाउदा मेरो बाजेको जस्तै मेरो पनि मन हल्का भएको छ ,,२ सुन्दर फूलको थुंगा चढाएर फेरि पनि हार्दिक स्रदान्जली अर्पण गर्न चाहन्छु मेरो बाजे बोजुलाई l
समाप्त
ताप्लेजुङ्ग हाल युके