चोट लागे यी घरेलु औषधि लगाउनुहोस्

658

काम गर्ने सिलसिलामा या कुनै पनि बेला हामीलाई चोटपटक लाग्छ। चोट लाग्नासाथ स्वास्थ्यचौकी वा अस्पताल पुग्न केही समय लाग्नसक्छ। प्राथमिक उपचारका लागि केही घरेलु औषधि हुन्छन् जसले चोटपटक लाग्दा सहयोग मिल्छ।
बेसारः बेसारमा एन्टिसेप्टिक गुण हुन्छ, जसले संक्रमण रोक्छ। बेसारको पाउडर र पानीको पेस्ट बनाएर घाउमा लगाउँदा सामान्य घाउ निको हुन्छ।
महः महमा हुने एन्टिसेप्टिक गुणले घाउलाई ठिक पार्छ। महले संक्रमण रोक्नुका साथै घाउ छिटो निको हुन सहयोग गर्छ।
ध्युकुमारीः ध्युकुमारीमा हुने एन्टिसेप्टिक तत्वले संक्रमणबाट बचाउँछ। घाउमा ध्युकमाुरीको रस लगाउँदा शितल हुनुका साथै दुखाइ कम हुन्छ।
सख्खरः सख्खरमा पनि एन्टिसेप्टिक तत्व हुन्छ, जसले घाउलाई संक्रमण हुनबाट जोगाउँछ। पानीमा सख्खरको घोल मिलाएर लगाउँदा सानोतिनो चोटपटक निको हुन्छ।
यसैगरी, आलो घाउबाट रगत बगिरहेमा टिब्याग लगाउनुपर्छ। टिब्यागले रगत बग्न रोक्दछ । यस्तै, लसुनको रस, बेसार र तीलको तेलको मिश्रण घाउमा लगाउँदा संक्रमण रोकिनुका साथै घाउ निको हुन मद्दत गर्छ।