आहा गोल्ड कप खेल्न नेपाली-अमेरिकन फुटबल टोली नेपाल जाने

270

पोखरामा हुने आहा रारा गोल्ड कपको आगामी संस्करणमा अमेरिकावासी नेपालीहरुको फुटबल टोलीपनि सहभागी हुने भएको छ ।
अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपाली खेलाडी र अमेरिकामै रहेका नेपाली पूर्व फुटबलरसहितको मिश्रति टोली आहा रारा गोल्डकपका लागि नेपाल आउन लागेको हो ।
नेपाल जाने टोलीको अन्तिम छनौट आगामी डिसेम्बर १७ मा वाशिंटन डिसी क्षेत्रमा गरिने टोलीका संयोजक चन्ऽ लामाले दिए । नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा भाग लिन इच्छुक अमेरिकामा रहेका सबै नेपाली खेलाडीलाई बोलाइसकिएको पनि उनले जानकारी दिए ।
अमेरिकाको पुरानो गैरनाफामुखी सामाजिक संस्था द एशोसिएसन अफ नेपलिज इन अमेरिका -एएनए ) को सक्रियतामा टोली निर्माण हुन लागेको हो ।
प्रतियोगिताका लागि नेपाल जान चाहने खेलाडीहरुले तोकिएको मिति तथा स्थानमा आफ्नै खर्चमा स्वयम् उपस्थित हुनुपर्नेछ । नया बर्ष जनवरी २०१७ को दोश्रो हप्तामा नेपाल प्रस्थान गरिने छ भने छनौट भएका खेलाडीहरुको हकमा नेपाल आवतजावत खर्च ,आवास तथा खानाको व्यवस्था टोलीले गर्नेछ ।
१५ बर्षदेखि पोखरामा भइरहेको आहा रारा गोल्डकप फुटबलको साबिक बिजेता नेपालको मनाङ मर्स्याङ्दी क्लव हो । अहिलेसम्म प्रतियोगिताको उपाधि नेपाल पुलिसले ५ र मनाङ तथा थ्रीस्टारले ४/४ पटक जितेका छन् ।images