भक्तपुर औद्योगिक क्षेत्र उद्योग सङ्घमा मित्तल

345

चैत २, भक्तपुर । भक्तपुर औद्योगिक क्षेत्र उद्योग सङ्घको अध्यक्षमा पवन मित्तल चयन भएका छन् ।
सङ्घको बुधबार सम्पन्न छैंटौँ जिल्ला अधिवेशनले आगामी तीन वर्षका लागि मित्तललाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले सङ्घको उपाध्यक्षमा नारायणहरि खत्री, महासचिवमा शङ्करकुमार खड्का, सचिवमा किरण थापा, कोषाध्यक्षमा सुरेश शुक्लालाई चयन गरेको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा रामप्रसाद प्रजापती, गङ्गाप्रसाद सुवाल, रविन्द्र प्रजापती, पुण्यराम सैजु चयन भएका छन् । रासस