नयाँ शक्ति छोडेर १ हजार नेता कार्यकर्ता लोकतान्त्रिक फोरममा प्रवेश गर्ने तयारीमा

286

चैत्र २, काठमाडौं ।
पछिल्लो समय नयाँ शक्ति पार्टी परित्याग गर्ने क्रम बढेको छ । नयाँ शक्ति पार्टी घोषणा भएको १ वर्ष पनि नपुग्दै पार्टीमा गैरमाओवादी पृष्ठभूमिका नेताहरु अटाउन सकेनन् । संयोजक डा. बाबुराम भट्टराइले आवश्यकता भन्दा मधेशी मोर्चा संग उठबस बढाएपछि एउटा पङ्ति शसङकीत थियो डा. भट्टराइ उपेन्द्र यादव र राजेन्द्र महतोको प्रवक्ता जस्तो गरि प्रस्तुत हुन थाले संगै पार्टीको अस्तित्व तथा छवि समाप्त हुँदै गएको भन्दै धेरै नेताहरु असन्तुष्ट थिए । मुमाराम खनालबाट शुरु भएको नयाँ शक्ति परित्याग रामेश्वर खनाल सम्म आइपुग्दा थुप्रै नेताहरुले पार्टी परित्याग गरिसकेका छन् । यस बीचमा सोनम छिरिङ् शेर्पा र रामेश्वर ढकालले पार्टी परित्याग गरिसकेका छन् । माओवादी हुँदै राजनीतिक विषलेशक रहेका मुमाराम पूर्व अर्थसचिव रामेश्वर खनाल, सोलुखुम्बुका स्थापित जनजाती नेता शेर्पा, र नयाँ शक्तिमा विभिन्न राजनीतिक दल र व्यक्तिलाई ध्रुविकरण गर्न भूमिका खेलेका ढकालको परित्याग पछि उपल्लो तहबाट पनि ठूलो परिणाममा पार्टी परित्याग गर्ने तयारी रहेको पार्टी परित्याग गरेका एक नेताले बताए । शेर्पा र ढकाल विजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेशको तयारीमा छन् । राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरि १ हजार भन्दा बढीको संख्यामा नयाँ शक्तिका नेता तथा कार्यकर्ता लोकतान्त्रिक फोरममा प्रवेश गर्न लागेको बुझिएको छ ।