Sunday, September 27, 2026
Home Uncategorized नेपालीहरूमाथि गोली हान्दा पनि सरकार चुइक्क बोलेको छैन, थर्कमान छ : ओली

नेपालीहरूमाथि गोली हान्दा पनि सरकार चुइक्क बोलेको छैन, थर्कमान छ : ओली

359

भैरहवा, २९ फागुन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कन्चनपुर घटना पछि सरकारी उदासीनता तर्फ संकेत गर्दै मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आइतबार भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालीहरूमाथि गोली हान्दा पनि सरकार चुइक्क नबोलेको र थर्कमान रहेको आरोप लगाएका छन् । ‘भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरूमाथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन, थर्कमान छ । नेपालभित्र आएर नेपालीमाथि गोली हानियो’, ओलीले भने, ‘यता आफ्ना प्रहरीमाथि आक्रमण गर्नेहरूमाथि कारवाही गर्दा प्रहरी अधिकारीहरूमाथि नै कारवाही गरियो ।’
अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशका जनतासँग कुनै मतलब नरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘जनतासँग यो सरकारलाई कुनै मतलब छैन । अन्तैका प्रभु रिझाउन व्यस्त छ । देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गरेको छैन ।’काम गर्ने हिम्मत छैन भने सरकारमा नबस्न सुझाब दिएका छन् । ‘यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिए पनि चारतिर फर्केकाहरूलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको आरोप लगाए ।
ओलीले, ‘नयाँ शक्ति प्रति कटाक्ष गर्दै भने नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरूको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरू यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।’