सरकार जोगाउने खेलमा प्रचण्ड, हितराज र शाहीलाई हटाएर राप्रपाका दुईलाई मन्त्री बनाइदैं

421

फागुन २६,
काठमाडौं । माओवादी केन्द्रबाट स्थानीय विकासमन्त्री भएका हितराज पाण्डेलाई हटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरेका छन् । अहिले नेपाली कांग्रेसको भागमा छ र, जीवनबहादुर शाही मन्त्री छन् । सम्भवत शाहीलाई पनि फिर्ता नबोलाई अर्को जिम्मेवारी दिइनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी भइरहेको छ ।
थापासँगै राप्रपाबाट अर्का एक मन्त्री बन्नेछन् । साँझ साढे ६ बजे सपथ राखिएको छ ।
राप्रपाबाट दुईजना मन्त्री थपिएमा मन्त्रिपरिषद सदस्यको संख्या ४५ पुग्ने छ ।
अहिले माओवादीको सिफारिसमा मन्त्री भएका पाण्डेलार्इ विना विभागीय मन्त्री बनाउने तयारी भइरहेको छ ।
प्रधानमन्त्रीसँग पशुपक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी नै छ ।
यस्तै राप्रपाबाट नयाँ थपिने मन्त्रीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णयलाई संविधान संशोधनका लागि दुई तिहाई बहुमत पुर्‍याउने योजनाको रुपमा लिइएको छ । मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गराए पनि प्रक्रिया अघि बढेको छैन ।