बिहानीपखको सेक्स स्वास्थ्यकालागि सर्वोत्तम

969
सांकेतिक तस्विर

एजेन्सी । कुन समयमा कतिपटक सेक्स गरेको राम्रो भन्ने विषयमा फरकफरक तथ्यहरु सार्वजनिक भैरहेका हुन्छन । यसैले पनि सेक्सको बारेमा आजसम्म स्थापित मान्यता छैनन् । मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन । यस्तैमा एक पछिल्लो अध्ययनले भने सातामा तीनपटक सेक्स गर्नु उत्तम हुने सुझाऐको छ ।
सातामा तीन पटक सेक्स गर्दा सेक्सप्रति वितृष्णा नजाग्ने र यौन आकर्षणलाई ताजा राख्न मद्दत पुग्ने अध्ययनहरुबाट पत्ता लागेको छ । तर यो उमेर अनुसार भर पर्दछ । यस्तै बिहानको समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानको समयलाई सेक्स गर्ने उपयुक्त समय रहेको समेत अध्ययनले देखाएको छ । विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुस हुने बताइएको छ ।
सोधकर्ताको अध्ययनमा उल्लेख गरिएका तथ्यहरु यस्ता छन्
२५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै गरेका युवायुवती सम्भव भएसम्म दैनिक सेक्स गर्न चाहान्छन् ।
हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासामा जबाफ सबैको एउटै थियो – सेक्स ।
अधिकांशले सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि र खुशी मिलेको बताए ।
औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् ।
विवाहित महिलाको हकमा भने सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिए ।
५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नै गर्दैनन् ।