‘हिन्दू राष्ट्र र राजसंस्था स्थापना गराएरै छाड्छा’ैं

286

rpp-nepal-and-rpp
पोखरा । राप्रपा नेपाल र राप्रपा पश्चिमाञ्चलको एकीकरण घोषणा सभालाई सम्वोधन गर्दै राप्रपाका नेताहरुले हिन्दूराष्ट्र र राजसंस्था स्थापना गराएर छाड्ने उद्घोष गरेका छन् । सभालाई सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष कमल थापाले नेपाल सनातन हिन्दू सहितको राजतन्त्रात्मक देश हुनु पर्ने वताए । उनले राप्रपा नेपाल र राप्रपाको एकीकरणपछि अव राप्रपा देशको प्रमुख प्रजातान्त्रिक शक्ति वन्न कसैको तागतले नछेक्ने वताए । नेपालका सवै जनताको प्रतिनिधित्व गर्न सक्ने पार्टी राप्रपा मात्रै भएकोले अव ठूला पार्टी हौं भन्नेका दिन गएको उनले वताए । नेपालका राष्ट्रवादी जनताहरु ऋव राप्रपाको पक्षमा नै लाग्ने उनको भनाई छ । जसले राष्ट्रप्रति माया गर्छ उ अव राप्रपा भएरै छाड्ने उनको भनाई छ । राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जवराले राष्ट्रवादी शक्तिको एकता मजवुत हुने वताए । देशमा अहिले राप्रपाप्रति जनलहर वढेको वताउँदै उनले राप्रपाको एकताले अन्य दलहरुलाई धक्का दिएको टिप्पणी गरे । राप्रपाका वरिष्ट नेता डा प्रकाशचन्द्र लोहनीले अहिलेसम्म राप्रपा कांग्रेस एमालेको वोको वनेको वताउँदै अव बाघ भएर प्रस्तुत हुने दावी गरे । हाम्रो देशमा फूच्चे जेल जाने र ठालुहरु रजाइँ गरिरहेको वताउँदै अव ठालूका दिन गएको उनले वताए ।