कांग्रेस र माओवादीले केन्दले राष्ट्रघाती कदम चाले ः खनाल

288

भक्तपुर । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेस र माओवादीले केन्द्र संशोधन प्रस्ताव संसदमा दर्ता गर्नु नै राष्ट्रघाती कदम भएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुर र नेकपा एमाले प्रचार विभाग भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै नेता खनालले भने ‘राष्ट्रघाती कदम चाल्ने कांग्रेस र माओवादी आगामी निर्वाचन पछि बत्ति बालेर खोज्नु पर्नेछ’ । बाह्य शक्तिको आडमा मधेश र पहाडलाई टुक्र्याएर बिखण्डन गराउने षड्यन्त्र भएको उनको भनाइ छ । प्रदेश नम्बर ५ को सीमाना हेरफेर गरेर मधेस–पहाड अलग गर्ने एजेण्डा नेपालभित्र नभई बाह्य निर्देशनमा भइरहेको खनालले बताए । खनालले पुस २२ गते एमालेसहित संविधान संसोधनको विपक्षमा रहेका दलहरुको प्रदर्शनले संविधान संशोधन बिरुद्ध जनमत प्रकट गर्ने दाबी गरे । उनले देशभक्त सबै नेपालीलाई राष्ट्रको सार्वभौमिकता र अखण्डताको रक्षार्थ जनप्रदर्शनमा सहभागि हुन आह्वान समेत गरे । एमाले नेता खनालले माओवादी आफ्नै कारण पतनको हुने भन्दै अबका दिनमा माओवादीलाई बत्ती बालेर खोज्नुपर्ने टिप्पणी गरे । खनालले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउनु नेपाल र नेपालीका लागि दुर्भाग्य हुने बताए । संविधान संशोधनको बिषय सार्वभौमिकता र राष्ट्रियताको बिषय भएकाले राष्ट्रियता बचाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । नेता खनालले संसदमा दर्ता भएको संशोधन प्रस्ताव राष्ट्र हित विपरित भएकाले संशोधन बिधेयक फिर्ता गर्न सरकारलाई आग्रह गरे । कार्यक्रममा उनले संसदमा बलजफ्ती संविधान संशोधन विधेयक पेश गर्न खोजिए प्रतिकार गर्ने चेतावनी दिए ।