सरसफाई कार्यक्रमको सुरुवात

324

नारायण थापा
भक्तपुर । हरेक जिल्लामा भएका माध्यामिक, उच्च माध्यामिक विद्यालयका प्रध्यानाध्यापक सगँ समन्वय गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्धारा आनो विद्यालयको १ कि.मी वरपर आमाको मनद्धारा सरसफई गर्ने अभियानको थालनी गरेको हो ।
यो कार्यक्रम कौशलटार स्थित अम्यूनिटी ई.सेकेण्डरी स्कूलको १ कि.मी वरपर भएको सम्पूर्ण फोहोर संकलन गरिएको थियो । विद्यालयका विद्यार्थी र असेजका स्वंमसेवक गरी कार्यक्रममा एक सय बीस जना सहभागी थिए ।
साथै विद्यालयले अबका दिनहरुमा महिनामा १ पटक सरसफाई गर्ने प्रतिबद्धता पनि गरेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक विवेक वास्केले हाम्रो स्कूलमा यस्तो कार्यक्रम ल्याउनु भएकोले विद्यार्थीहरु पनि उत्साहित भएको बताए । लगातार कार्यक्रम गरेमा हाम्रो वरपर मात्र होइन पुरा नेपाललाई नै स्वच्छ र सफा गर्न सकिने कुरा बताएका थिए । यस कार्यक्रमको मुख्य उेद्देश्य नै स्वच्छ, सफा, सुन्दर हरियाली वातावरण बनाउने हो । आमाको मनद्धारा गरिएको यो सरसफाईलाई हरेक जिल्लाको विभिन्न विद्यालयहरुमा यस्तो कार्यक्रम गदैं जाने र भक्तपुरका कम्तिमा एक सय वटा विद्यालयहरुमा सरसफाई कार्यक्रम गर्ने कुरा असेजका अध्यक्ष भरत सापकोटाले जानकारी दिए ।