ख्वप उच्च माविमा बृहत् शैक्षिक प्रदर्शनी हुने

148

भक्तपुर । ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ । ख्वप कलेजमा आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले माघ २५ देखि हुने तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ मिल्ने गरी विभिन्न संकायको पाठ्यक्रममा आधारित रहेर प्रयोगात्मक विषयको प्रदर्शनी गरिने बताए । विद्यार्थीले बनाएका रोबर्टलगायत ८४ वटा विज्ञानसँग सम्बन्धित विषयको प्रदर्शनी, व्यवस्थापन सकांयको ४२, शिक्षा संकायको १५ र मानविकी संकायको २२ वटा विषयको प्रदर्शनी गरिने बताइएको छ । प्रदर्शनीमा रहेको उत्कृष्ट स्टललाई पुरस्कृत गरिने भएको छ । कार्यक्रममा दौड, चेस, भलिबल, बास्केटबल, फुटबल, टेबलटेनिस खेलका विजयी खेलाडी, भक्तपुर काभ्रे अन्तरकलेज बास्केटबल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार, कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिने र १० वर्ष सेवा अवधि पूरा गरेको शिक्षक तथा कर्मचारीलाई कदरपत्रद्वारा सम्मान गरिने भएको छ ।